नेपालसँगको दुई मैत्रीपुर्ण भलिबल खेलको श्रृङ्खला रुसको महिला टोलीलाई

 साउन ८, २०८१ मंगलबार ७:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ– नेपाल र रुसबीचको दुई मैत्रीपूर्ण भलिबल खेलको श्रृङ्खला रुसको महिला टोलीले जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोली दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित भयो ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हिजो भएको खेलमा नेपाल रुसी टोलीसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो ।

अस्ति आइतवार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३–० कै सेटमा पराजित भएको थियो । नेपालमा रहेको रुसी दूतावासको विशेष सहयोगमा नेपाल भलिबल सङ्घले मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

नेपाली महिला टोली काभा नेसन्स लिगको तयारीमा छ । काभा नेसन्स लिग आउँदो साउन १७ गतेदेखि काठमाण्डौमा हुँदैछ । काभा नेसन्स लिगमा आयोजक नेपालसँगै भारत, इरान, श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया