महिला एशिया कप क्रिकेटमा पाकिस्तानले यूएईलाई १० विकेटले हरायो

 साउन ८, २०८१ मंगलबार १८:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एसीसी

काठमाण्डाै – महिला एशिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा पाकिस्तानले यूएईलाई १० विकेटले हरायो ।

यूएईले दिएको १ सय ४ रनको लक्ष्य पाकिस्तानले ३५ बल बाँकी छँदै १ विकेट पनि नगुमाई भेटायो । पाकिस्तानकी गुल फेरोजाले ६२ र मुबीना अलीले ३७ रन बनाइन् ।

यसअघि दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३ रन बनायो । यूएईकी थीर्था सतिशले सबैभन्दा धेरै ४० रन बनाइन् । पाकिस्तानकी सादिया इकबाल, नश्रा सन्धु र तुबा हसनले समान २ विकेट लिइन् ।

यो जीतसँगै पाकिस्तान ३ खेलमा ४ अङ्कसहित समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ । यूएई ३ वटै खेल हारेर तालिकाको पुछारमा छ ।

प्रतियोगितामा आजै राति यही समूहका नेपाल र भारत खेल्दैछन् । यो खेल राति सवा ७ बजेदेखि दम्बुलामा शुरु हुनेछ । नेपाल तालिकाको तेस्रो र भारत शीर्ष स्थानमा छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया