काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलाई

 साउन ९, २०८१ बुधबार ७:४८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । माल्दिभ्सको मालेमा हिजो भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७ र २५–१९ को सोझो सेटमा हराएको हो ।

यसअघि समूह चरणमा पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा कीर्गिस्तान श्रीलंकासँग ३–२ ले पराजित भएको थियो । तेस्रो स्थानका लागि हिजो भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली माल्दिभ्स, श्रीलंका र कीर्गिस्तान सहभागी थिए ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया