पेरिस ओलम्पिकअन्तर्गत पुरुष फुटबल आजदेखि शुरु हुँदै

 साउन ९, २०८१ बुधबार १२:५२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – ३३ औं गृष्मकालीन पेरिस ओलम्पिकअन्तर्गत फुटबलका खेल आजदेखि शुरु हुँदैछ । ओलम्पिकको उद्घाटन पर्सि शुक्रवार हुने भए पनि फुटबलसहितका केही खेल आजदेखि शुरु हुन लागेको हो । पुरुष फुटबलअन्तर्गत पहिलो खेलमा आज बेलुका अर्जेन्टिना र मोरक्को खेल्दैछन् ।

समूह 'बी' मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे शुरु हुनेछ । यहि समयमा समूह 'सी' का स्पेन र उज्वेकिस्तान पनि खेल्दैछन् । यस्तै राति पौने ९ बजे समूह 'ए' का गिनी र न्यूजिल्याण्ड तथा समूह 'सी' को इजिप्ट र डोमिनिक रिपब्लिक, राति पौने ११ बजे समूह 'बी' का इराक र युक्रेन तथा समूह 'डी' का जापान र पाराग्वेबीच खेल हुनेछ ।

आजै राति पौने एक बजे समूह 'ए' अन्तर्गत आयोजक फ्रान्स र अमेरिका तथा समूह 'डी' को मालि र इजरायल खेल्दैछन् । पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरिएको छ ।

महिला फुटबलका खेल भोलिदेखि शुरु हुनेछन् । ओलम्पिकमा २३ वर्ष मूनीको टोलीबीच प्रतिस्पर्धा हुने गर्छ । जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया