महिला एशिया कप क्रिकेटमा बङ्गलादेशले मलेसियालाई १ सय १४ रनले हरायो

 साउन ९, २०८१ बुधबार १८:३५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – महिला एशिया कप टी–२० क्रिकेटमा बङ्गलादेशले लगातार दोस्रो जीत हात पारेको छ । आज श्रीलङ्काको दम्बुलामा भएको खेलमा बङ्गलादेशले मलेसियालाई एक सय १४ रनले हरायो ।

बङ्गलादेशले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो । मलेसियाकी इल्सा हन्टरले सबैभन्दा धेरै २० रन बनाइन् । बङ्गलादेशकी नाहिदा अक्तेरले २ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको बङ्गलादेशले २० ओभरमा २ विकेट गुमाएर १ सय ९१ रन बनायो । बङ्गलादेशकी मुर्शिदा खातुनले ८०, कप्तान निगर सुल्तानाले नट आउट ६२ रन बनाइन् । मलेसियाकी माहिराह इजजाती इस्मेल र इल्सा हन्टरले समान १ विकेट लिइन् ।

यो जीतसँगै बङ्गलादेश ३ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया तीन वटै खेल हारेर तालिकाको पुछारमा छ ।

प्रतियोगितामा आजै राति यही समूहका श्रीलङ्का र थाइल्यान्ड खेल्दैछन् । यो खेल राति सवा ७ बजेदेखि दम्बुलामा शुरु हुनेछ । श्रीलङ्का तालिकाको शीर्ष र थाइल्यान्ड तेस्रो स्थानमा छन् ।

आजको खेलसँगै महिला एशिया कप टी–२० क्रिकेटको सेमिफाइनल समीकरण पूरा हुनेछ । यसअघि समूह ‘ए’ बाट भारत र पाकिस्तान अन्तिम चारमा पुगेका छन् । नवौँ संस्करणको प्रतियोगिता सेमिफाइनल आउँदो शुक्रवार र फाइनल आइतवार हुनेछ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया