आयरल्यान्ड र जिम्बावेबीचको एक मात्र टेस्ट क्रिकेट आजदेखि शुरू हुँदै

 साउन १०, २०८१ बिहीबार १५:२५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै – आयरल्यान्ड र जिम्बावेबीचको एक मात्र टेस्ट क्रिकेट आजदेखि शुरू हुँदैछ । यो खेल अहिले साढे ३ बजेपछि उत्तरी आयरल्यान्डको राजधानी बेलफास्टमा रहेको सिभिल सर्भिस क्रिकेट क्लबमा शुरू हुनेछ ।

आयरल्यान्ड र जिम्बावेबीच पहिलो पटक टेस्ट क्रिकेट हुन लागेको हो । आयरल्यान्डको कप्तानी एन्ड्रियु बाल्बिर्नेले गर्नेछन् भने जिम्बावेको कप्तानी क्रेग इर्भाइनले गर्नेछन् ।

आयरल्यान्डले सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट टेस्ट राष्ट्रको मान्यता पाएको थियो । आयरल्यान्ड ११ औँ देश हो । आयरल्यान्डले अहिलेसम्म आठ टेस्ट खेलेकोमा एक खेलमा जीत र सात खेलमा हार बेहोरेको छ ।

जिम्बावेले भने सन् १९९२ मा आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएको थियो । जिम्बावेले अहिलेसम्म एक सय १७ टेस्ट खेलेकोमा १३ खेलमा जीत र ७५ खेलमा हार बेहोर्दा २९ खेल बराबरीमा सकिएको छ ।

क्रिकेटको सबैभन्दा लामो फर्म्याटकाे मान्यता प्राप्त गर्ने जिम्बावे नवौँ र आयरल्यान्ड एघारौँ देश हो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया