एशिया कप खेलेर फर्कियाे नेपाली टाेली, ठूला प्रतियाेगिता खेल्न धेरै पक्षमा सुधार गर्नुपर्छ– कप्तान बर्मा

 साउन १०, २०८१ बिहीबार १८:१५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली श्रीलङ्कामा चलिरहेको एशिया कप टी–२० क्रिकेट प्रतियोगिता खेलेर स्वदेश फर्किएकाे छ ।

नेपाली टोली आज दिउँसो काठमाण्डौ आइपुगेको हो । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यवाहक सदस्य सचिव अञ्जन धमला र सदस्य प्रकाशकुमार कुसारीले स्वागत गर्नुभयो ।

प्रतियोगितामा नेपालले समूह चरणमा तीन खेल खेल्दा एकमा जीत, दुईमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदै ऐतिहासिक जीत हात पार्दा दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेट र तेस्रो खेलमा भारतसँग ८२ रनले पराजित भएको थियो ।

स्वदेश फर्किएसँगै नेपाली टोलीका कप्तान इन्दु बर्माले एशिया कपजस्तो ठूला प्रतियोगिता खेल्न धेरै पक्षमा सुधार गर्नुपर्ने बताएकी छिन् । उनले भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग खेल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गर्नुपर्ने बताइन् । यी पक्षमा सुधार गरे भारत र पाकिस्तानलाई जित्न सकिने उनको भनाइ थियो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया