पेरिस ओलम्पिकमा महिला फुटबल आजदेखि, ६ वटा खेल हुँदै

 साउन १०, २०८१ बिहीबार १८:४९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलका खेल आजदेखि शुरु हुँदैछ । ओलम्पिकको उद्घाटन भोलि हुने भए पनि फुटबलसहितका केही खेल अघि नै शुरू भएका हुन् ।

महिला फुटबलमा आज राति ६ वटा खेल हुँदैछन् । राति पौने ९ बजे समूह ‘ए’ का क्यानडा र न्युजिल्यान्ड तथा समूह ‘सी’ का स्पेन र जापान खेल्दैछन् । यस्तै राति पौने ११ बजे समूह ‘सी’ कै नाइजेरिया र ब्राजिल तथा समूह ‘बी’ का जर्मनी र अस्ट्रेलिया खेल्दैछन् । यसैगरी राति पौने १ बजे समूह ‘बी’ का अमेरिका र जाम्बिया तथा समूह ‘ए’ का फ्रान्स र कोलम्बिया खेल्दैछन् । महिला फुटबलमा १२ वटा टोलीलाई तीन वटा समूहमा विभाजन गरिएको छ ।

ओलम्पिकमा २३ वर्षमुनिको टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया