काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

 साउन ११, २०८१ शुक्रबार १७:१७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल सङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै लिगको खेल तालिका र ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगिता यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलङ्कासँग, दोस्रो खेलमा साउन १८ गते भारतसँग, तेस्रो खेलमा साउन २० गते माल्दिभ्ससँग र चौथो खेलमा साउन २१ गते इरानसँग खेल्ने तालिका छ ।

लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते हुनेछ ।

काभा महिला भलिबल लिगको तयारीका लागि नेपालले केही दिनअघि रुससँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया