बङ्गलादेशलाई हराउँदै भारत नवाैँ पटक महिला एशिया कप क्रिकेटकाे फाइनलमा

 साउन ११, २०८१ शुक्रबार १७:१८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – बङ्गलादेशलाई हराउँदै भारत एसीसी महिला एशिया कप टी–२० क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशलाई १० विकेटले हराउँदै भारत उपाधि नजिकै पुगेकाे हाे ।

बङ्गलादेशले दिएकाे ८१ रनकाे लक्ष्य भारतले ११ ओभरमा १ विकेट पनि नगुमाई भेटायाे । भारतकी स्मृति मन्धानाले ५५ र शफाली वर्माले २६ रन बनाइन् । 

यसअघि श्रीलङ्काकाे दम्बुलामा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायाे । बङ्गलादेशकी कप्तान निगर सुल्तनाले सबैभन्दा धेरै ३२ रन बनाइन् । भारतकी रेनुका सिंह र राधा यादवले समान ३ विकेट लिइन् ।

सन् २००४ देखि शुरु भएकाे प्रतियाेगितामा भारत हरेक संस्करणकाे फाइनलमा पुगेकाे छ । यस अवधिमा भारत सात पटक उपाधि जित्दा एक पटक उपविजेता बनेकाे छ । सन् २०१८ काे फाइनलमा भारत बङ्गलादेशसँग पराजित भएकाे थियाे ।

महिला एशिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आजै राति श्रीलङ्का र पाकिस्तान खेल्दैछन् । यो खेल दम्बुलामा बेलुकी सवा ७ बजे शुरू हुनेछ । नवौँ संस्करणको प्रतियोगिताको फाइनल खेल पर्सि आइतवार हुँदैछ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया