काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घट्न थाल्यो

 साउन १२, २०८१ शनिबार १५:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा तरकारीको भाउ थोरै घट्न थालेको छ । वर्षाले उपत्यका आसपासको जिल्लाका ग्रामिण सडक अबरुद्ध हुँदा तरकारीको भाउ अत्यधिक बढेकोमा आपूर्ति बढेकाले भाउ घट्न थालेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो एक हप्तादेखि भाउ घट्न थालेको र अझै घट्ने महासंघले जनाएको छ ।

एक हप्ता अघिको तुलनामा गोलभेँडा, करेला, परवल, घिरौला, खुर्सानी, लौका लगातयका तरकारीको मूल्य घटको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार साउन ५ गते किलोको ९० रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज किलोको ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै एक हप्ता अघिको तुलनामा आलुको भाउ झन्डै चार प्रतिशतले घटेको छ । साउन ५ गते किलोको ८६ रुपैयाँमा कारोबार भएको स्थानीय काउली आज ७५ रुपैयाँ र एक सय १२ रुपैयाँमा कारोबार भएको स्थानीय ज्यापु काउली आज ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

लाम्चो र डल्लो दुबै भण्टाको भाउ झन्डै ४० प्रतिशतले घटेको छ । घिउ सिमीको भाउ ५६ प्रतिशतभन्दा धेरैले घटेको छ । लौका र भिण्डीको भाउ पनि ५७ प्रतिशतसम्म घटेको छ । कालिमाटी बजारमा अघिल्लो हप्ताको तुलनामा एकाध बाहेक सबै प्रकारका भाउ घटेको समितिको तथ्याङ्कमा उल्लेख छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया