सार्वभौम क्रेडिट रेटिङको नतिजाले सरकार, निजी क्षेत्र र लगानीक...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – पेरिस ओलम्पिकअन्तर्गत नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ पराजित भएका छन् । गएराति भएको समूहको पहिलो खेलमा प्रिन्स सोझो सेटमा पराजित भए ।
समूह 'पी' मा रहेका प्रिन्स विश्व बरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ स्कोरसहित पराजित भएका हुन् । प्रिन्सले अझै दुई खेल खेल्न बाँकी छ । त्यसअघि हिजो भएको टेबल टेनिस खेलमा नेपालका स्यान्टु श्रेष्ठ पनि सोझो सेटमै पराजित हुँदै बाहिरीएका छन् ।
सेनगलका खेलाडी इब्राहिमा डियावसँग सोझो सेटमा पराजित भएसँगै स्यान्टुको ओलम्पिक यात्रा समाप्त भएको हो । पहिलो सेट १२–१० ले गुमाएका स्यान्टुले दोस्रो सेट ११–३, तेस्रो सेट ११–४ र चौथो सेट ११–५ ले गुमाए । स्यान्टु छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।