गण्डकीका यातायात व्यवसायीको आन्दोलन फिर्ता, विवाद समाधानका लागि समिति गठन

 साउन १४, २०८१ सोमबार ९:५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – राइड सेयरिङलाई वैधानिकता दिन गण्डकी प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएपछि आन्दोलन थालेका गण्डकी प्रदेशका यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

प्रदेश सरकार र यातायात व्यवसायीबीच समस्या समाधानका लागि प्राविधिक समिति गठन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको नेपाल यातायात व्यवयायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगन्द्र केसीले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा बनेको कार्यदलले १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाउने छ ।राइड सेयरिङको विरोध गर्दै यातायात व्यवसायीहरुले हिजो गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेका थिए ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया