शिक्षकहरूले उठाएका सम्भव मागलाई सम्बोधन गर्ने प्रधानमन्त्रीको प्र...
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर आठ वटा सङ्घीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
मन्त्री पौडेलको सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आईसीयूको सेवा विस्तार गर्नेछ । यसैगरी भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरू गर्दैछ । भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयू तथा पेडियाट्रिक वार्ड वैशाख दोस्राे हप्ता आरम्भ गर्दैछ । भेरी अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा वैशाख दोस्राे हप्तादेखि आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शय्या वैशाख अन्त्यसम्ममा थप गर्नेछ । नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा वैशाख तेस्राे हप्ता औपचारिक सञ्चालनमा ल्याउनेछ ।
यसैगरी धनगढीको गेटा अस्पतालले भने वैशाख तेस्राे हप्ताभित्र मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट एकैसाथ थाल्नेछ । सेवा विस्तार र कार्यान्वयनमा जोड दिन स्वास्थ्यमन्त्री पौडेलको निर्देशनसमेत दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।