सप्तकोशीमा बेपत्ता भएका दुई जना खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

 वैशाख ८, २०८२ सोमबार १५:२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन भएको छ ।

आज बिहान सप्तकोशीमा नुहाउने क्रममा खोटाङको केपिलासगढी गाउँपालिका–४ का ४० वर्षीय नवराज बाँस्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ का १६ वर्षीय जेनिश आचार्य बेपत्ता हुनुभएको छ ।

उहाँहरुको खोजीका लागि सशस्त्र प्रहरी बल सुरक्षा बेस चतराबाट सुरक्षाफौज खटिएकोमा फेला नपरेपछि सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा पाँच जना गोताखोरसहितको सुरक्षाफौज परिचालन भएको हो । गोताखोरको टोलीले अहिले खोजी थालेकाे सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया