संविधान संशोधन गरेर राष्ट्रिय दल बन्न चाहिने 'थ्रेसहोल्ड' को प्रतिशत बढाइन्छ : महासचिव पोखरेल

 साउन १५, २०८१ मंगलबार १५:८:४९ | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान संशोधन गरेर राष्ट्रिय दल बन्न चाहिने 'थ्रेसहोल्ड' को प्रतिशत बढाउने बताउनुभएको छ ।

दाङमा आज भएको एक कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभएको हो । सरकार बनाउँदा साना दलका माग र किचलोका कारण सरकार अस्थिर हुने बताउँदै उहाँले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको बताउनुभयो ।

पाेखरेलले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको पनि जिकिर गर्नुभयो । उहाँले पुराना दल चाहिँदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै देशमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताउनुभयो ।

एमालेका महासचिव पोखरेलले ठूला दलकै कारण देशमा विकास र परिवर्तन भएका दाबी गर्नुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया