रामेछापमा सयौँ रोपनीमा लगाएको धानबाली बाढीले बगरमा परिणत

 साउन १७, २०८१ बिहीबार १८:२७:५३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – रामेछापमा सयौँ रोपनीमा लगाएको धानबाली बाढीले बगरमा परिणत गरिदिएको छ ।

रामेछाप नगरपालिका वडा नम्बर २ र ३ को सिमाना भएर बग्ने कलचुडे खोला, देवीथान खोला, जयमुन्दे खोला र सिम्ले खोलामा आएको बाढीले पाँच सय रोपनीभन्दा धेरै क्षेत्रफलमा लगाइएको धान खेत बगरमा परिणत भएको रामेछाप नगरपालिका–३ काशम्भु बुढाथोकीले जानकारी दिनुभयो ।

निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाले हिउँदको समयमा सडक खनेको माटो खोलामा लगेर थुपारिदिँदा पानी निकास हुन नसकेर खोलो खेतमा पसेको थियो । किसानहरूलाई आयोजनाले नै क्षतिपूर्ति दिनुपर्ने बुढुथोकीको तर्क रहेको छ ।

त्यसैगरी गएराति नै कठजोर खोलामा आएको बाढीले खोला आसपासका एक सय रोपनीभन्दा धेरै क्षेत्रफलको धान खेत बगाएको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया