विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्...
मंसिर ७, २०८१ शुक्रबार
नेपालको पुरुष र महिला राष्ट्रिय भलिबल टोली भुटानमा चलिरहेको काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन् । महिला टोली लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्यो ।
पहिलो दिन एक खेल जितेको कमला पुन र मनिष चौधरीको जोडीले दोस्रो दिन हिजो थप दुई जितसहित अन्तिम चारमा पुगेको हो । महिला टोलीले हिजोको खेलमा उज्वेकिस्तान र माल्दिभ्सलाई हरायो । उज्वेकिस्तानलाई २१–१७ र २१–१५ ले तथा माल्दिभ्सलाई २१–१४ र २१–१६ ले हराएको हो ।
त्यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले दोस्रो दिन हिजो लगातार तीन जित निकाल्दै अन्तिम चारमा पुगेको हो । नेपालले भुटानलाई २१–१४ र २१–२१ ले, उज्वेकिस्तानलाई २१–१५ र २१–१५ ले तथा समूह चरणको अन्तिम खेलमा ताजकिस्तानलाई २१–१३ र २१–१७ ले पराजित गर्याे। नेपाली पुरुष टोली आफ्नो पहिलो खेलमा माल्दिभ्ससँग २–० को सोझो सेटमा पराजित भएको थियो ।
सेमिफाइनल र फाइनल खेल आज हुँदैछ । च्याम्पियनसिपमा पुरुषतर्फ १० र महिलामा ७ टोलीको सहभागिता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।