लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालन

 साउन १९, २०८१ शनिबार १८:३९:४७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा सम्पर्क कार्यालय तथा निवासलाई पुनः सञ्चालनमा ल्याउनु भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ आन्तरिक राजश्व कार्यालयको भवनमा २०७४ सालदेखि यो कार्यालय रहेकोमा यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले हटाउनु भएको थियो ।

दाङको देउखुरीमा स्थायी राजधानीमा सबै मन्त्रालय स्थापना भए पनि पहिले बुटवलमा रहेका कार्यालयसँगको नियमित सम्पर्क तथा कार्यसम्पादनमा सहजता ल्याउन बुटवलमा कार्यालय राखिएको सरकारी पक्षको भनाइ छ । तर विपक्षीले दाङमा स्थायी राजधानी बनाउने निर्णयको विरुद्धमा मुख्यमन्त्री लागिरहेको भन्दै आलोचना गरेका छन् ।

मुख्यमन्त्री आचार्यले शुक्रवार नियमित बुटवल जाने र शनिवार त्यही बसेर आइतवार मात्रै प्रदेश स्थायी राजधानी दाङ फर्किने गर्नुभएको छ । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया