दाङमा भएकाे छुट्टाछुट्टै घटनामा २ जनाको ज्यान गयो

 साउन २०, २०८१ आइतबार ९:१:४३ | हेमराज शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना र करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गएराति घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर–९ का कुलबहादुर बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै मोटर चलाएर खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर दाङकै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–११ का बलाराम वलीको ज्यान गएको छ । घर नजिकैको बारीमा मोटर लगाउने क्रममा स्विच थिच्दा वलीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया