बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो
असोज २, २०८१ बुधबार
दाङ – दाङको घोराही–तुलसीपुर सडक खण्ड दिउँसोदेखि खुलेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० अमराईमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएपछि पीडित पक्षले आज बिहानैदेखि बन्द गराएको सडक खुलेको हो ।
टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका–१५ का ३९ वर्षीय कुलबहादुर बस्नेतको ज्यान गएको थियो । आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै सडक खण्ड बन्द गरेका थिए । प्रहरी प्रशासनको रोहोबरमा भएको छलफलपछि टिप्पर धनीले मृतकका आफन्तलाई झन्डै नौ लाख रुपैयाँ क्षतिपूर्ति रकम दिने सहमति भएको छ ।
हिजो बेलुका बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई लु २ ख ५०८५ नम्बरको टिप्परले ठक्कर दिँदा बस्नेतको ज्यान गएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।