सरकारले देखावटीका लागि मात्रै कुनै पनि काम गर्दैन : प्रधानमन्त्री ओली

 साउन २०, २०८१ आइतबार १५:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले देखावटीका लागि मात्रै कुनै पनि काम नगर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि कांग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको आफूहरूले देखावटीका लागि मात्रै कुनै पनि काम नगर्ने बताउनुभएको हो ।

ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले सरकार र सत्तारूढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताउनुभयो । उहाँले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू देशमा क्रियाशील रहेको भन्दै एमालेले भ्रमलाई चिर्ने गरी नागरिकलाई सचेत गराउनुपर्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लडेर आएका कांग्रेस–एमालेले अझ बढी स्वीकार्यताका लागि संविधान संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सुखी नेपाली, समृद्ध नेपाल बनाउने लक्ष्यअनुसार नै संविधान संशोधन गर्ने कुरालाई अघि बढाइएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया