काभा महिला भलिबलमा श्रीलङ्काकाे पहिलाे जीत, माल्दिभ्स प्रतियाेगिताबाट बाहिरियाे

 साउन २०, २०८१ आइतबार १७:६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – काभा महिला भलिबल लिगमा श्रीलङ्काले माल्दिभ्सलाई साेझाे सेटमा हराएकाे छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज दिउँसाे भएकाे पहिलाे खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । श्रीलङ्काले प्रतियोगितामा पहिलो जीत हात पर्ने क्रममा माल्दिभ्सलाई पहिलो सेटमा २५-२२, दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-१६ ले हरायो ।

माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स बाहिरिएसँगै सेमिफाइलनमा पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ । नेपालसहित, भारत, श्रीलङ्का र इरान अन्तिम चारमा पुगेका छन् । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । 

प्रतियाेगितामा आजै नेपाल र इरान खेल्दैछन् । याे खेल राखेपको कभर्डहलमा बेलुकी सवा ५ बजेदेखि शुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई सोझो सेटमा हराएको थियो । यस्तै दोस्रो खेलमा भारतलाई ३-२ को सेटमा हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । महिला भलिबलको इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया