सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने
भदौ २५, २०८१ मंगलबार
भारतको मध्य प्रदेशमा एउटा घरको पर्खाल भत्किँदा नौ जना बालबालिकाको ज्यान गएको छ । सागर जिल्लाका कलेक्टर दीपक आर्यले लगातारको वर्षापछि एउटा घरको पर्खाल भत्किएको र नौ जना बालबालिकाको निधन भएको जानकारी दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।
आज बिहान साढे ८ बजेतिर घटना भएको थाहा पाएपछि नगर प्रशासन र नगरपालिकाको टोली घटनास्थलमा पुगेर भग्नावशेषबाट बालबालिकाको शव निकालेको थियो । दुई जना बालबालिकाको घटनास्थलमै र बाँकी सात जनाको अस्पतालमा लैजाँदै गर्दा ज्यान गएको हो ।
मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले मृतक बालबालिकाका परिवारलाई चार/चार लाख भारु राहत दिने घोषणा पनि गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।