युक्रेनमा प्रहार गरेको अस्त्र आणविक हतियार बोक्न सक्षम छ : रुस
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – काभा महिला भलिबल लिगमा समूह चरणको अन्तिम खेलमा आज दुई वटा खेल हुँदैछ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलङ्का तथा दोस्रो खेलमा दिउँसो ३ बजे नेपाल र माल्दिभ्स खेल्दैछन् ।
याे खेलपछि सेमिफाइलनमा कुन कुन देश प्रतिस्पर्धा गर्ने भन्ने टुङ्गो लाग्नेछ । नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । माल्दिभ्स भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
लिग चरणका चार वटै खेल खेलिसकेको इरानको सात अङ्क छ । त्यस्तै तीन खेल खेलेको भारतको पनि सात अङ्क छ । तीन खेल खेलेको नेपालको ६ अङ्क छ भने श्रीलङ्काको चार अङ्क छ । माल्दिभ्सले अङ्क जोड्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।