युक्रेनले अमेरिकामा निर्मित एफ–१६ लडाकु विमानको प्रयोग शुरु गर्‍याे

 साउन २१, २०८१ सोमबार १५:१०:४६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनले अमेरिकामा निर्मित एफ-१६ लडाकु विमानको प्रयोग शुरू गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पाइलटहरूले एफ-१६ लडाकु विमान उडान थालेका बताउनुभएको बेलायती पत्रिका ‘द गार्जियन’ ले जनाएको छ ।

युक्रेनले पहिलो पटक एफ-१६ लडाकु विमान प्राप्त गरेको हो । रुससँग युद्ध शुरू भएपछि अमेरिकामा निर्मित लडाकु विमान पर्खिरहेको युक्रेनले झन्डै २९ महिनापछि प्राप्त गरेको हो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्ना सहयोगी देशहरूलाई धन्यवाद दिँदै युक्रेनका लागि अझै धेरै यस्ता साधन चाहिएको बताउनुभएको छ । सोभियतकालीन विमानहरूमा निर्भर युक्रेनका लागि अमेरिकी विमान प्राप्त गर्नु युद्ध क्षमता बढाउने सन्दर्भमा महत्त्वपूर्ण हुने ठानिएको छ । राष्ट्रपति जेलेन्स्कीले कति वटा लडाकु विमान प्राप्त भए भन्नेबारे खुलाउनुभएको छैन ।

आउँदा महिनाहरूमा युक्रेनले थप एफ-१६ विमानहरू पाउने अपेक्षा गरिएको छ । यद्दपि जेलेन्स्कीले ती सबै लडाकु विमानहरू सञ्चालनका लागि दक्ष जनशक्ति नभएका बताउनुभएको खबरमा उल्लेख छ ।

एफ-१६ विमानमा रकेट, बम र क्षेप्यास्त्र बोक्ने क्षमता हुन्छ । यो विमान सबैभन्दा पहिले सन् १९७८ मा सार्वजनिक भएको थियो । यो विमानले युक्रेनी सेनालाई रुसले कब्जा गरेका क्षेत्रमा थप आक्रमण गर्न र सीमा क्षेत्रका रुसी भू-भागमा आक्रमण गर्न सहयोग पुग्ने छ । यस्ता विमानले रुसले प्रहार गर्नै विध्वंशकारी ‘ग्लाइड बम’ को प्रतिकार गर्न सहयोग पुर्‍याउन सक्ने पनि खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया