बङ्गलादेशको राजधानी ढाकामा सयौं पसलमा लुटपाट, ५० वटा पुलिस चौकीमा आगजनी

 साउन २२, २०८१ मंगलबार १५:१६:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशमा गएराति कैयौं ठाउँमा लुटपाट र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले धनमोन्डीमा रहेको बङ्गबन्धु स्मृति सङ्ग्रहालयमा तोडफोड र आगो लगाएका छन् ।

शेख हसिनाको पार्टी अवामी लिगको विरासतलाई संरक्षण गर्न बङ्गलादेशको राजशाही जिल्लामा सङ्ग्रहालय निर्माण गरिएको थियो । प्रदर्शनकारीहरूले शेख हसिनाका पिता बङ्गबन्धु शेख मुजीबुर रहमानको तस्बिर पनि जलाएका थिए ।

बङ्गलादेशको राजधानी ढाकाको जात्राबारी, बड्डा, मोहम्मदपुर, अडाबार लगायतका धेरै प्रहरी चौकीमा आक्रमण भएको छ । प्रहरी चौकीमा आक्रमण र आगलागीपछि सयौं पसलमा आगजनी भएको बीबीसी हिन्दीले जनाएको छ ।

राजधानीका धेरै प्रहरी चौकी जलेका र भत्किएको अवस्थामा रहेका छन् । ड्युटीमा रहेका प्रहरी सुरक्षा सङ्कटका कारण कार्यालय छोडेर सुरक्षित ठाउँमा गएका थिए । कुनै कुनै प्रहरी चौकीबाट हतियार, गोलाबारुदको लुटपाट पनि भएको छ । केही लुटेराले प्रहरीका मोटरसाइकल र गाडीसमेत लुटेका छन् ।

बङ्गलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना हिजो भागेर भारत जानुभएको छ । सेनाले अन्तरिम सरकार बनाउने बताए पनि सरकार गठन भइसकेको छैन ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया