सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो
बैशाख ६, २०८२ शनिबार
बङ्गलादेशका पूर्व विदेशमन्त्री तथा अवामी लिगका सह–महासचिव हसन महमुदलाई हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरी हिरासतमा राखिएको छ । उहाँले देश छोड्न खोजिरहेका बेला अध्यागमन प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ । यसअघि पूर्व सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको थियो ।
बङ्गलादेशमा विद्यार्थी आन्दोलन र हिंसात्मक प्रदर्शनपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत जानुभएको छ । अझै अशाान्त प्रदर्शन भइरहेको बङ्गलादेशमा सुरक्षाको माग गर्दै प्रहरीले नै हड्ताल शुरु गरेको छ । प्रहरीको हड्तालपछि ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी बङ्गलादेशको अन्सार अर्थात अर्धसैनिक बललाई दिइएको छ ।
अर्धसैनिकहरु स्वयंसेवकका रुपमा आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ हुदै आएका थिए । बङ्गलादेशमा हिजो देशभर भएका हिंसात्मक झडपमा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका एक नेताको होटलमा प्रदर्शनकारीले आगो लगाउदा हिजो २४ जनाको ज्यान गएको थियो ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिनुभयो ।
राष्ट्रसङ्घले प्रधानमन्त्रीको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको राष्ट्रसङ्घको कार्यालयबाट निकालिएको विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।