बाग्लुङ पहिराे : तीन जनालाई उपचारका लागि काठमाण्डौ ल्याइयो

 साउन २३, २०८१ बुधबार ११:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – बाग्लुङको बडीगाड गाउँपालिका–१० आरुपाटामा पहिरोले घरगोठ बगाउँदा हिजो गम्भीर घाइते भएका तीन जनालाई आज थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । घाइतेहरू ३१ वर्षीया सीता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीय संगीता बुढालाई उपचारका लागि काठमाण्डौ ल्याइएको हो ।

प्रतिकूल मौसमका कारण हिजो उनीहरूलाई उपचारका लागि अन्त लैजान सक्ने अवस्था नभएपछि आज नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । हिजो बडीगाड–१० आरुपाटामा घरमा पहिरो खस्दा ६ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै बडीगाड–९ मा दुई जना गरी ८ जनाको ज्यान गएको थियो । पहिरोमा ९ जना घाइते भएका छन् । घाइतेमध्ये अरूलाई थप उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । त्यस्तै ओमप्रसाद पुन, सिर्जना विक, मंगलसेन बुढा, सुमित्रा विक, सशीराम विक र ज्ञाने बुढाको बुर्तिबाङमा उपचार भइरहेको छ ।

पहिरोमा हराइरहेका चार जनाको खोजी भइरहेको छ । पहिरोका कारण झन्डै ५० घरधुरी विस्थापित भएका छन् । उनीहरूलाई पनि खाने, बस्ने र सुरक्षित पानीको अभाव भएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया