यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो
भदौ २९, २०८१ शनिबार
काठमाण्डाै – पेरिस ओलम्पिक अन्तर्गत महिला कुस्तीको फाइनल खेलअघि भारतीय खेलाडी विनेश फोगाट अयोग्य घोषित भएकी छिन् ।
स्वर्ण पदकका लागि फाइनल खेलअघि तौल बढी पाइएपछि विनेश फोगाटलाई अयोग्य घोषित गरिएको बीबीसीले जनाएको छ । योसँगै अब उनले पेरिस ओलम्पिकमा कुनै पदक नपाउने भएकी छिन् । यसअघि फाइनल पुग्दा उनले कम्तीमा रजत पद पाउने पक्का भएको थियो ।
स्वर्ण पदकको प्रतिस्पर्धाअघि विनेश फोगाटको तौल ५० केजीभन्दा केही ग्राम बढी पाइएको हो । उनले हिजो प्रिक्वार्टरफाइनलमा विश्वकी नम्बर एक खेलाडी र सेमिफाइनलमा क्युबाकी खेलाडीलाई हराउँदै फाइनलमा पुगेकी थिइन् ।
विनेश फोगाट फाइनलमा पुग्ने पहिलो भारतीय महिला बनेकी थिइन् । उनी अयोग्य घोषित भएपछि भारतीय ओलम्पिक सङ्घले खेद व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।