२० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि जित्ने नेपालको लक्ष्य

 साउन ३२, २०८१ शुक्रबार १५:१७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – नेपालले २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । २० वर्षमुनिको साफ च्याम्पियनशिप पर्सि भदौ २ गतेदेखि १२ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

घरेलु मैदानमा हुने प्रतियोगिताका लागि नेपाली टोलीले गएको असारको अन्तिम हप्तादेखि तयारी गरेको हो । यसबीचमा युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पाएका छन् ।

उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटोको टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरिरहेको छ । प्रशिक्षक श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा टोली बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताएका छन् ।

नेपाली टोलीका कप्तान कुशल देउवाले पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । प्रतियोगिता घरेलु मैदानमा भएकाले टोलीले यसलाई उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान देउवाको भनाइ छ ।

यसैबीच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो पत्रकार सम्मेलन गर्दै मैदानको अभावकै बीच प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का छन् । यस्तै समूह 'बी' मा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन् । नेपालले उद्घाटन खेलमा भदौ २ गते श्रीलङ्कासँग खेल्दैछ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया