२० वर्षमुनिको साफ च्याम्पियनपशिपमा नेपालकाे विजयी शुरुआत

 भदौ २, २०८१ आइतबार १७:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेकाे छ ।

ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा आज भएकाे उद्घाटन खेलमा आयाेजक नेपालले श्रीलङ्कालाई १–० गाेल अन्तरले हरायाे । नेपालका लागि खेलकाे २४ औं मिनेटमा निराजन धामीले गाेल गरे । आजकाे खेलमा नेपालले गाेल गर्ने अन्य अवसरहरू बनाए पनि त्यसलाई सदुपयाेग गर्न सकेन । जीतसँगै नेपालले समूह 'ए' मा ३ अङ्क जाेडेकाे छ ।

अब नेपालले समूह चरणकाे अन्तिम खेलमा आउँदाे बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियाेगितामा भाेलि समूह 'बी' का भारत र भुटान खेल्दैछन् । आजदेखि शुरू भएकाे प्रतयाेगिता यही भदाै १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी' मा भारत, माल्दिभ्स र भुटान छन् ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया