११ महिनाको बीचमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन नवाैं पटक इजरायल भ्रमणमा

 भदौ ३, २०८१ सोमबार १५:११:५५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि दबाब दिन इजरायल भ्रमणमा पुग्नुभएको छ ।

गएको वर्षको अक्टोबरमा इजरायल र हमासबीचको द्वन्द्व शुरू भएपछि ब्लिन्केन नवौं पटक इजरायल जानुभएको हो । ब्लिन्केनको भ्रमणको केही दिनअघि अमेरिकाले इजरायल र हमासबीच शान्ति स्थापना गर्न संशोधित प्रस्ताव पेश गरेको थियो ।

गएको हप्ता कतारको दोहामा भएको वार्तामा अमेरिकाले युद्धविराम सम्झौता हुने आशा व्यक्त गरेको थियो । तर हमासले युद्धविराम सम्झौतालाई एउटा जालसाजी भनेको छ । हमासले इजरायली सेनालाई गाजा पट्टी पूर्णरूपमा त्याग्न माग गरिरहेको छ ।

अमेरिकाले आउँदो हप्ताभित्र इजरायल र हमासबीच शान्ति सम्झौता गर्ने अपेक्षा गरेको छ । तर इजरायल र हमास दुवैले कुनै सकारात्मक प्रतिक्रिया दिएका छैनन् । दुवै पक्षले एकअर्कालाई शान्ति सम्झौतामा बाधा पुर्‍याएको आरोप लगाइरहेका छन् ।

हिजो एक विज्ञप्तिमा हमासले इजरायली प्रधानमन्त्रीमाथि युद्ध लम्ब्याउने सम्झौताका लागि नयाँ शर्त र मागहरू राखेको आरोप लगाएको थियो ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया