२० वर्षमुनिको साफ च्याम्पियनशिप : भारतले भुटानलाई हरायो, ३ जना खेलाडीलाई ‘रेड कार्ड’

 भदौ ३, २०८१ सोमबार १७:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १–० गोलले हरायो । भारतका लागि खेलको ३७ औं मिनेटमा मोनिरुल मोलाले गोल गरे ।

यो खेल निकै तनावपूर्ण रहेको थियो । यो खेलमा भारतका दुई जना र भुटानका एक जना खेलाडीलाई रेफ्रीले रेड कार्ड देखाएका थिए । खेलकाे ६५ औं मिनेटपछि भारत ९ र भुटान १० जना खेलाडीमा सीमित भएकाे थियाे । जीतसँगै भारतले समूह ‘बी’ मा ३ अङ्क जोडेको छ ।

प्रतियोगितामा भोलि समूह ‘ए’ का बङ्गलादेश र श्रीलङ्का खेल्दैछन् । हिजोदेखि शुरू भएको प्रतियोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया