युक्रेनमाथि प्रहार गरेका क्षेप्यास्त्र पोल्यान्डले रोक्ने प्रयास गरेको भन्दै रुसको आपत्ति

 भदौ ३, २०८१ सोमबार १८:२७:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनमाथि प्रहार गरेका क्षेप्यास्त्र पोल्यान्डले रोक्ने प्रयास गरेको भन्दै रुसले कडा चेतावनी दिएको छ । युक्रेनमाथि प्रहार भएका रुसी क्षेप्यास्त्र रोक्ने प्रयास गरेमा पोल्यान्डमाथि निर्णायक प्रतिक्रिया दिने रुसले चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रुसको विदेश मन्त्रालयको युरोपेली विभागका निर्देशक ओलेग ट्यापकिनले युक्रेनमा रुसका लामो दूरीको हतियार रोक्न पोल्यान्डले गरेको कुनै पनि प्रयासलाई पर्याप्त प्रतिक्रिया प्राप्त हुने बताउनुभएको खबरमा उल्लेख छ ।

ट्यापकिनले युक्रेनको पक्षमा पश्चिमी देशहरूको प्रत्यक्ष संलग्नता बढ्दै गएको भन्दै यसले गम्भीर परिणाम निम्ताउने पनि बताउनुभएको छ । उहाँले यस विषयमा कुनै पनि पक्षसँग वार्ता नभएको स्पष्ट पार्दै रुसको धारणा पोल्यान्ड र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) दुवैलाई थाहा भएको बताउनुभयो ।

पोल्यान्डका विदेशमन्त्री राडोस्लाव सिकोर्सस्कीले यसअघि एउटा अन्तरवार्तामा युक्रेनमा रुसले हानेका क्षेप्यास्त्र खसाल्ने सम्भावनालाई विचार गरिरहेको बताएपछि रुस आक्रोशित भएको हो ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया