अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
संयुक्त राष्ट्रसङ्घले मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ । मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा सात करोड ७० लाख अर्थात तीनमध्ये एक बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले पीडित रहेका संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अध्ययन गरिएका २० देशमा पाँच करोड ५० लाख बालबालिका मोटोपनले पीडित रहेका देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । युनिसेफले मोटोपनलाई समेत एक प्रकारको कुपोषण मानेको छ । युनिसेफका अनुसार थप दुई करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको शिकार छन् ।
युनिसेफका क्षेत्रीय निर्देशक एडेल खोडरले साना बालबालिकामध्ये एक तिहाइलाई मात्र पौष्टिक खाना उपलब्ध गराइएको बताउनुभयो । युनिसेफले कुपोषणबाट प्रभावित राष्ट्रलाई उनीहरूको योजना र नीति बनाउँदा पोषणलाई ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले द्वन्द्व, आर्थिक उथलपुथल र जलवायु परिवर्तनले गएको वर्ष विश्वको झण्डै नौ प्रतिशत जनसङ्ख्यालाई प्रभाव पारेकाले भोकमरी कम गर्ने प्रयासमा अवरोध सिर्जना गरेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।