अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा कडाइ गर्ने तयारी, विद्यार्थीले मास्क लगाउन नपाउने

 भदौ ४, २०८१ मंगलबार १८:२७:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकाका विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने मास्क र विरोध प्रदर्शनसँग सम्बन्धित अन्य सामग्री बन्देज गर्ने तयारी भएको छ । विद्यार्थीहरूले देश र विदेशका विभिन्न विषयलाई लिएर विरोध प्रदर्शन गर्ने क्रम तीव्र बन्न थालेपछि विश्वविद्यालयमा टेन्ट, मास्क लगायतका विरोध प्रदर्शनमा प्रयोग हुने वस्तु प्रतिबन्ध लगाउने तयारी भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो वर्षको शुरूमा प्यालेस्टाइनको समर्थनमा विद्यार्थीहरूको आन्दोलनले क्यालिफोर्निया विश्वविद्यालय अस्तव्यस्त बनेको थियो । युनिभर्सिटी अफ क्यालिफोर्नियाका अध्यक्ष माइकल वी ड्रेकले विश्वविद्यालयले आफ्ना क्याम्पसहरूमा थप स्थिरता ल्याउन धेरै कदम चाल्ने बताउनुभएको छ । क्याम्पिङ गर्ने, अनधिकृत संरचना बनाउने, अनुहार छोप्न वा पहिचान लुकाउनका लागि मास्क लगाउने लगायतका गतिविधिमा प्रतिबन्ध लगाउन उहाँले प्रस्ताव गर्नुभएको छ ।

गाजामा जारी इजरायल–हमास द्वन्द्वको बीचमा संयुक्त राज्य अमेरिकाभरि कलेज र विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शन फैलिएको थियो । विश्वभर विभिन्न विषयलाई लिएर भइरहेका द्वन्द्वको पक्ष र विपक्षमा अमरिकी विश्वविद्यालयहरूमा आन्दोलन नहोस् भनेर प्रतिबन्धको तयारी गरिएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया