बङ्गलादेशले श्रीलङ्कालाई हराउँदा नेपाल एक खेलअघि नै सेमिफाइलनमा

 भदौ ४, २०८१ मंगलबार १७:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २–० गाेलले हरायाे । याे जीतसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेकाे छ । श्रीलङ्का लगातार दुई खेल हार्दै समूह चरणबाटै प्रतियाेगिताबाट बाहिरिएकाे छ । समूह 'ए' काे अन्तिम खेलमा पर्सि बिहीवार नेपाल र बङ्गलादेश खेल्नेछन् । नेपालले पहिलाे खेलमा श्रीलङ्कालाई १–० गाेलले हराएकाे थियाे ।

प्रतियाेगितामा भाेलि समूह 'बी' का माल्दिभ्स र भुटान खेल्दैछन् । प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान छन् ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया