युक्रेनद्वारा रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण

 भदौ ६, २०८१ बिहीबार १५:४२:५१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनले रुसको मस्कोमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण शुरू गरेको छ । पछिल्लो समय रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेर १२ सय वर्गकिलोमिटर क्षेत्र कब्जा गरेको युक्रेनले गएराति आफूले प्रहार गरेकामध्ये अहिलेसम्मकै ठूलो ड्रोनबाट मस्कोमा आक्रमण गरेको कतारको सञ्चारमाध्यम अल जजीराले जनाएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले आक्रमणका क्रममा ११ वटा ड्रोन खसालेको र त्यसमध्ये एउटा युक्रेनले प्रहार गरेकोमध्ये अहिलेसम्मकै ठूलो रहेको जनाएको छ । मस्कोलाई लक्षित गरेर प्रहार गरेका केही रकेट र ड्रोनलाई ३८ किलोमिटर परको पोडोल्स्क शहरमा खसालेको रुसले जनाएको छ ।

‘यो ड्रोनको प्रयोग गरेर मस्कोमाथि आक्रमण गर्ने अहिलेसम्मकै सबैभन्दा ठूलो प्रयास हो’, मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राम मेसेजिङ एपमा भन्नुभएको छ । ड्रोन आक्रमणबाट कुनै क्षति वा मानवीय हताहत भएको छैन ।

युक्रेनले कहिलेकाँही रुसमा आक्रमण गरे पनि मस्को लक्षित आक्रमण निकै दुर्लभ मानिन्छ । मस्कोमा भएको आक्रमणपछि भ्नुकोभो, डोमोडेडोभो र जुकोवस्की विमानस्थलमा रातभर अस्थायी प्रतिबन्ध लगाइएको थियो तर तीन वटै विमानस्थल अहिले सामान्य अवस्थामा सञ्चालनमा आएका छन् । रुसले यो आक्रमणको उपयुक्त जवाफ दिने चेतावनी दिएको छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया