२० वर्षमुनिकाे साफ च्याम्पियनशिप : बङ्गलादेशलाई हराउँदै नेपाल समूह विजेता

 भदौ ६, २०८१ बिहीबार १६:५८:० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डाै – २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह 'ए' काे विजेता बनेकाे छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालकाे जितमा खेलकाे १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गाेल गरे । बङ्गलादेशका इस्लामले खेलकाे ४३ औं मिनेटमा पेनाल्टीमार्फत गाेल गरे ।

याे जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जाेडेकाे छ । बङ्गलादेशकाे २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । याे समूहकाे श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहाेर्दै समूह चरणबाटै बाहिरिइसकेकाे छ ।

प्रतियाेगितामा समूह चरणकाे अन्तिम खेलमा भाेलि समूह 'बी' का भारत र माल्दिभ्स खेल्दैछन् । याे खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । याे समूहकाे अर्काे टाेली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेकाे छ । सेमिफाइनलमा एउटा समूहकाे विजेताले अर्काे समूहकाे उपविजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया