एएफसी 'महिला च्याम्पियन्स लिग' को प्रारम्भिक छनोट खेल्न एपीएफ क्लब मलेसिया प्रस्थान

 भदौ ७, २०८१ शुक्रबार १३:४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – एएफसी 'महिला च्याम्पियन्स लिग' को प्रारम्भिक छनोट खेल्न विभागीय टाेली एपीएफ क्लब मलेसिया गएको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) को 'ड्र' अनुसार एपीएफ समूह 'सी' मा रहेको छ ।

यो समूहमा एपीएफसँगै उज्वेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सबा फुटबल क्लब रहेको छ । एएफसीका अनुसार प्रारम्भिक चरणमा १३ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । समूह 'ए' मा चार र अन्य तीन वटा समूहमा तीन टोली रहेका छन् ।

खेल पर्सि आइतवारदेखि शुरू हुँदैछ । एपीएफले पहिलो पटक महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट खेल्न लागेको हो ।

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया