मस्तिष्कमा चीप प्रत्यारोपण गरेका दोस्रो व्यक्तिले भिडियो गेम खेल्न थाले, सबै अवस्था सामान्य

 भदौ ८, २०८१ शनिबार १७:५६:५४ | एजेन्सी
unn.prixa.net

एजेन्सी

विश्वकै धनी व्यक्ति एलन मस्कको कम्पनी न्यूरालिङ्कले दोस्रो बिरामीमा आफ्नो ब्रेन चीप प्रत्यारोपण सफल भइरहेको दाबी गरेको छ । कम्पनीका अनुसार एलेक्स नाम गरेका व्यक्तिको दिमागमा शल्यक्रिया गरेर चिप्स राखिएको छ । उनले अघिल्लो महिना ब्यारो न्यूरोलोजिकल इन्स्टिच्युटमा न्यूरालिङ्क इम्प्लांट प्राप्त गरेका थिए ।

कम्पनीले एलेक्सलाई शल्यक्रिया गरेको अर्को दिन नै डिस्चार्ज गरेकाे र उनको उपचार सहज भएको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । अहिले उनले भिडियो गेम खेल्ने आफ्नो क्षमतामा सुधार गर्दै आएका खबरमा उल्लेख छ ।

यस्तै उनले थ्रीडी वस्तु डिजाइन गर्न कम्प्युटर–सहायता प्राप्त डिजाइन (सीएडी) सफ्टवेयर कसरी प्रयोग गर्ने भनेर सिक्न थालेका छन् । यसले काड्रिप्लेजिया अर्थात् पक्षघातको एउटा रूप भएका व्यक्तिले आफूले चाहेको काम गर्न ठूलो मद्दत पुग्ने कम्पनीले जनाएको छ । न्यूरालिङ्कले गएको वर्षको जनवरीमा पहिलो मानव मस्तिष्क उपकरण शल्यक्रिया गरेको थियो ।

मस्तिष्कमा शल्यक्रिया गरेर चिप्स राखेपछि मानिसले सोचेको कुरा कम्प्युटरले नै गरिदिन्छ । उदाहरण्को लागि प्यारालाइसिस भएको व्यक्तिले कुनै कविता सोच्यो भने मस्तिष्कमा राखेकाे चिप्सले कम्प्युटरमा आदेश दिन्छ र कविता टाइप हुन्छ । यसको माध्यमबाट शरीर नै नचल्ने मानिसले पनि भिडियो गेम खेल्ने, कम्प्युटरमा अनेक काम गर्ने लगायतका गतिविधि गर्न सक्छन् । 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया