प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष द्विवेदीबीच भेटवार्ता हुँदै
मंसिर ७, २०८१ शुक्रबार
टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) पवेल डुरोव पक्राउ परेका छन् । निजी जहाजबाट फ्रान्सको बुर्जेट विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको बीबीसीले जनाएको छ । उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरेको फ्रान्सेली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
डुरोव रुसी–फ्रान्सेली अर्बपति हुन् । उनको पक्राउपछि फ्रान्समा रहेको रुसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ ।
झन्डै एक अर्ब प्रयोगकर्ता रहेको टेलिग्राम युरोपेली देशहरूमा लोकप्रिय छ । रुसले युक्रेनमा आक्रमण गरेका बेला धेरै प्रयोग भएको सामाजिक सञ्जाल टेलिग्राम हो । यो फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो ।
रुसी सरकारलाई सूचना नदिँदा सन् २०१८ मा टेलिग्राम बन्द गरिएको थियो । सन् २०२१ पछि भने सञ्चालनमा छ । अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ ।
डुरोफले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए । सन् २०१४ मा रुस छाडेका डुरोव सन् २०२१ मा फ्रान्सको नागरिक बनेका थिए । पछिल्लो समय टेलिग्रामको बढ्दो लोकप्रियतासँगै फ्रान्ससहित युरोपेली देशहरूमा सुरक्षा र तथ्याङ्को चुहावटलाई लिएर चिन्ताहरू प्रकट हुने गरेका छन् ।
यस वर्षभित्र मासिक प्रयोगकर्ताको सङ्ख्या एक अर्ब पुर्याउने लक्ष्य राखेको टेलिग्रामले डुरोफ पक्राउ परेको बारेमा केही प्रतिक्रिया दिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।