बैंकिङ कसुरसम्बन्धी ऐनलाई थप व्यावहारिक बनाइँदै

 भदौ ९, २०८१ आइतबार १८:१९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ कसुरसम्बन्धी अहिलेको ऐनलाई आवश्यकताअनुसार केही कसिलो र केही खुकुलो बनाएर व्यावहारिक बनाउन लागिएको बताउनुभएको छ ।

संघीय संसद्को अर्थ समितिकाे आजकाे बैठकमा अर्थमन्त्री पौडेलले बैंकिङ कसुरसम्बन्धी सबै पक्षलाई समेटेर थप व्यावहारिक बनाउन लागिएको बताउनुभएको हो ।

बैंकिङ कसुर तथा सजायसम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० गएको साउन २३ गते संसदमा पेश भएको थियो । प्रस्तावित विधेयकमा चेक अनादर गरेको प्रमाणित भएमा चेक बराबरको बिगो र पाँच वर्षसम्मको कैदको व्यवस्था गर्न लागिएको अर्थमन्त्री पौडेलले समितिलाई जानकारी दिनुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् अर्थ समितिका सदस्य स्वर्णिम वाग्लेले बैंकिङ कसुरमा जेल हाल्नुभन्दा नगद जरिबाना गराउनु उपयुक्त हुने बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया