भारतका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 भदौ १०, २०८१ सोमबार १३:१८:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले केही राज्यहरूमा ठूलो पानी पर्ने  चेतावनी दिएको छ । आईएमडीका अनुसार गुजरात, गोवा र महाराष्ट्रमा आउँदाे बिहीवारसम्म वर्षा हुने सम्भावना छ । विभागले उत्तर–पश्चिम, मध्य प्रदेश र छेउछाउको पूर्वी राजस्थानका ठाउँहरू जोखिमयुक्त रहेको बताएको छ ।

गएराति विकसित भएको ठूलो पानी पार्ने प्रणाली राजस्थानको चित्तोडगढबाट ७० किलोमिटर दक्षिण–पूर्वमा केन्द्रित थियो । अब पश्चिम–दक्षिणतर्फ सर्ने अनुमान गरिएकोले दक्षिण राजस्थान र गुजरातको मौसमलाई असर गर्ने तथा अगस्ट २९ सम्म यसको प्रभाव सौराष्ट्र, कच्छ र पाकिस्तानका केही भागहरूमा देखिने पूर्वानुमान रहेको बीबीसी हिन्दीले जनाएको छ ।

यसैबीच बङ्गलादेशको गङ्गा नदीको समतल क्षेत्रमा र पश्चिम बङ्गालको छेउछाउमा अर्को न्यून चापीय क्षेत्र बनेको त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव उत्तरी ओडिशा र झारखण्डमा देखिनेछ ।

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया