महिला टी–२० विश्वकपका लागि ६ पटकको विजेता अस्ट्रेलियाको टोली घोषणा

 भदौ १०, २०८१ सोमबार १५:२५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाको टोली घोषणा भएको छ । क्रिकेट अस्ट्रेलियाले एलेसा हेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

अस्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा अनुभवी स्पिनर जेस जोनसोन परेकी छैनन् । यस्तै ग्रेस ह्यारिस, सोफी मोलिन्यु, टाएला भ्लेमिन्क, फिबी लिचफिल्डको उपस्थितिले टोलीलाई सन्तुलित बनाएको छ । अस्ट्रेलियाले सन् २०१०, २०१२, २०१४, २०१८, २०२० र २०२३ मा गरी ६ पटक उपाधि जितेको छ ।

नवौं संस्करणको महिला टी–२० विश्वकप आउँदो अक्टोबरमा हुँदैछ । आईसीसीले यो प्रतियोगितालाई बङ्गलादेशबाट यूएईमा सारेको छ ।

महिला टी–२० विश्वकपका लागि पाकिस्तानले फतिमा सनाको कप्तानीमा टोली घोषणा गरेको छ । यस्तै अन्य टोलीको घोषणा हुन बाँकी छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया