उपचुनाव हुने पालिकाहरुमा १६ गते सार्वजनिक बिदा दिन आयोगको ...
मंसिर १०, २०८१ सोमबार
बझाङ – खप्तड छान्ना गाउँपालिका वडा नम्बर ५ सुतारी गाउँका प्रकाश खत्रीले केरा खेतीबाट नै वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गर्नुहुन्छ । गाउँ घरका सबै युवाहरु रोजगारीका लागि भारत गइरहेको बेलामा खत्रीले घरको आँगन वरीपरी नै केरा खेती गरेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो ।
कुनै सिजनमा वार्षिक ६ लाखसम्म पनि केरा खेतीबाट आम्दानी हुने गरेको उहाँको भनाई छ । उहाँले घर वरीपरी नै ५ रोपनी जग्गामा केरा खेती गर्नुभएको छ । केरा खेतीमा उहाँलाई उहाँका तीन भाइसहित छोराछारीले सहयोग गर्दै आइरहेका छन् ।
केरा खेतीले आम्दानी गर्न थालेपछि घरखर्च चलाउन र बालबच्चाको पढाईलेखाईमा सहयोग पुगेको उहाँले बताउनुभयो । कृषि खेतीको लागि योग्य माटो, सिचाँई गर्न पानीको स्रोत पर्याप्त नभएकोले चाहेजति ठाउँमा खेती गर्न नसकेको र उत्पादन पनि हुन नसकेको उहाँले बताउनुभयो ।
तरपनि उहाँले खेती विस्तार गर्ने योजना बनाउनु भएको छ । स्थानीयहरु उहाँको घरमा नै गएर केरा खरिद गर्ने गर्छन् । उहाँले केरा सँगसँगै अब तरकारी खेती पनि गर्ने योजना बनाउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।