महिला टी–२० विश्वकपका लागि भारत र इङ्गल्यान्डको टोली घोषणा

 भदौ ११, २०८१ मंगलबार १८:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एसीसी

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हरमनप्रीत कौरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

भारतीय टोलीमा यास्तिका भाटिया र श्रेयङ्का पाटिल फर्किएका छन् । यद्दपि यी दुईले विश्वकप खेल्ने सम्भावना फिटनेसमा निर्भर रहेको छ ।

यस्तै इङ्गल्यान्डले पनि महिला टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले हेदर नाइटको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

इङ्गल्यान्डको टोलीमा फ्रेया केम्प र बेस हिथलाई स्थान दिइएको छ । तीव्र गतिकी बलर लरेन फाइलर भने टोलीमा परेकी छैनन् ।

नवौं संस्करणको महिला टी–२० विश्वकप आउँदो अक्टोबरमा हुँदैछ । आईसीसीले यो प्रतियोगितालाई बङ्गलादेशबाट यूएईमा सारेको छ । महिला टी–२० विश्वकपका लागि अस्ट्रेलिया र पाकिस्तानले टोली घोषणा गरिसकेका छन् । अन्य टोलीको घोषणा हुन बाँकी छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया