कास्कीको अन्नपूर्णमा सम्पर्कविहीन भएका स्पेनी पर्यटककाे शव फेला

 भदौ ११, २०८१ मंगलबार १८:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तीखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कविहीन भएका स्पेनी पर्यटक ३७ वर्षीय एरिक कासानोभासको शव भेटिएको छ ।

भुरौदी खोलाको सुदामेमा आज दिउँसो एरिकको शव फेला परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) वीरेठाँटी चेक पोस्टका इन्चार्ज यामबहादुर गुरुङले जानकारी दिनुभयो । एरिकसँगै सम्पर्कविहीन भएका ३२ वर्षीया मोलास जुन्का मेसीको अवस्था भने थाहा हुन सकेको छैन । उहाँको खोजी भइरहेको छ ।

एरिक र मोलास म्याग्दीको पर्यटकीयस्थल घोरेपानीसम्म पदयात्राका क्रममा अस्ति आइतवारदेखि हराउनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया