भारतको गुजरातमा बाढीका कारण  २८ जनाको ज्यान गयो

 भदौ १३, २०८१ बिहीबार १२:५४:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको गुजरातमा लगातारको वर्षापछि आएको बाढीका कारण २८ जनाले ज्यान गुमाएका छन् । हजारौं मानिस प्रभावित भएका छन् । ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

वर्षा र बाढीबाट सबैभन्दा धेरै प्रभावित बडोदरा शहरबाट सबै मानिस विस्थापित भएका छन् । गुजरात सरकारका प्रवक्तासमेत रहेका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलका अनुसार शहरका धेरै क्षेत्रमा १० देखि १२ फिटसम्म पानी भरिएको छ ।

गुजरातमा पछिल्लो चार दिनदेखि वर्षा भइरहेको छ भने दुई दिनयता अति ठूलो पानी परिरहेको छ । बडोदरासहित गुजरातको सौराष्ट्र, जामनगर, पोरबन्दर, मोरबी, जूनागढ र राजकोट जिल्ला अति ठूलो वर्षाले अस्तव्यवस्त बनेका छन् । वर्षाका कारण नदीहरूमा जलसतह पनि बढेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया